बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत र सञ्चालकको उमेरहद तोक्ने नेपाल राष्ट्र बैंकको निर्देशिका कार्यान्वयन नगर्न–नगराउन सर्वोच्च अदालतले अन्तरिम आदेशमार्फत रोक लगाएको छ । राष्ट्र बैंकले गत २० साउनमा ६५ वर्ष नाघेका व्यक्ति बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त वा पुनः नियुक्त हुन नसक्ने र ६९ वर्ष नाघेको व्यक्ति प्रमुख कार्यकारी अधिकृत पदमा बहाल रहन नसक्ने भन्दै निर्देशिका बनाएको थियो ।