करको दायरा बढाउँन बैंकलाई ब्रोकर लाइसेन्स: अर्थमन्त्रालय


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
करको दायरा बढाउँन बैंकलाई ब्रोकर लाइसेन्स: अर्थमन्त्रालय

सरकारले बिभिन्न देशको अभ्यासलाई अध्ययन गरेर बैंकलाई ब्रोकर लाइसेन्स दिन लागिएको बताएको छ। कर्पोरेट क्षेत्रका संस्थालाई लाइसेन्स दिँदा विश्वसनियतासंगै करको दायरा समेत फराकिलो हुने अर्थ मन्त्रालयका सचिव राजन खनालले बताएका छन।

बुधबार प्रतिनिधिसभा अन्तर्गतको अर्थसमितिको बैठकमा बोल्दै खनालले बैंकलाई ब्रोकर लाइसेन्स दिने अन्तराष्ट्रिय अभ्यास भएको बताए। अन्तराष्ट्रिय अभ्यासलाई हेरेर नै बैंकलाई ब्रोकर लाइसेन्स दिन लागिएको उनले बताएका छन।      

खनालले इन्डोनेशिया, बङ्गलादेश, चीन, श्रृलंका, भुटान, थाइल्याण्ड र फिलिपिन्समा बैंकलाई ब्रोकर लाइसेन्स दिईएको बताए। भारतले पनि सन् २०१५ मा बैंकलाई ब्रोकर लाइसेन्स दिने भनिसकेको बताउदै नेपालमा पनि बैंकलाई ब्रोकर लाइसेन्स दिईने बताए।

नेपालको पुंजीबजारमा अहिले ५० ब्रोकरहरु सञ्चालनमा छन् ।

Read More
  • MBL - below news