पूँजी बजारमा सुधार भएको बखान संसदीय समितिमा भईरहँदा शेयर बजारमा दुई घण्टामा जम्मा सात करोडको कारोबार


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
पूँजी बजारमा सुधार भएको बखान संसदीय समितिमा भईरहँदा शेयर बजारमा दुई घण्टामा जम्मा सात करोडको कारोबार

संसदको अर्थ समितिमा धितोपत्र बोर्डका अध्यक्ष रेबतबहादुर कार्की, राष्ट्र बैंकका गभर्नर चिरन्जििवी नेपाल लगायतका पदाधिकारीहरुले देशको पूँजी बजारले फड्को मारेको दावी प्रस्तुत गरिरहँदा शेयर बजारमा भने कारोबार समयको दुई घण्टामा जम्मा साढे ६ करोड रुपैयाँ बराबरको किनबेच भएको छ ।

शेयर बजारका लगानीकर्ताहरुमा अन्योल र नैराश्यता बढेर दिनदिनै कारोबार रकम घट्ने क्रम जारी रहेको बेला अर्थ समितिले पूँजी बजार र बाणिज्य बैंकका सहायक कम्पनीलाई ब्रोकर लाईसेन्सका बारेमा छलफल आयोजना गरेको हो ।

बुधबार संसदीइ समितिमा भएको छलफलमा अर्थ मन्त्रालय, धितोपत्र बोर्ड, नेप्से र राष्ट्र बैंकका अधिकारहिरुले पूँजी बजारमा सुधार आईरहेको तर्क प्रस्तुत गरेका छन् । यही दिन नेप्सेमा भएको आधा समयको कारोबार रकमले भने उनीहरुको यस्तो तर्कलाई खण्डन गरेको छ ।

साँसदहरुसँगको छलफलमा अर्थ मन्त्रालयसहितका निकायका प्रमुखहरुले पूँजी बजारमा क्रमबद्ध सुधार आउँदै गरेको र पुर्वाधार बलियो बनाउँने प्रयास भएकाले आँत्तिनु नपर्ने तर्क गरे ।

समितिले बाणिज्य बैंकलाई ब्रोकर लाईसेन्स दिनेबारे चासो दिदै छलफल आयोजना गरेको देखिएको छ ।

Read More
  • MBL - below news