काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०७५/७६ मा अघिल्लो वर्षको तुलनामा बैंकको खुद नाफा २०.३६ प्रतिशतले बढाउन सफल भएको छ ।
समीक्षा अवधिमा बैंकले ३३ करोड १७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकको खुद नाफा २७ करोड ५६ लाख रुपैयाँ थियो ।
बैंकको खुद ब्याज आम्दानी ९६ करोड ८६ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष बैंकको खुद ब्याज आम्दानी ७९ करोड रुपैयाँ रहेको थियो । यसले बैंकको व्यवसाय विस्तार आक्रामक रहेको देखाउँछ ।
अघिल्लो वर्षका तुलनामा बैंकको सञ्चालन मुनाफा ८ करोड ६३ लाख रुपैयाँले बढेर ५२ करोड १ लाख रुपैयाँ पुगेको छ । बैंकको अघिल्लो वर्षको सोही अवधिमा सञ्चालन मुनाफा ४३ करोड ३७ लाख रुपैयाँ थियो







