फ्रस्ट माइक्रोफाइनान्सद्वारा १७.८९४७% लाभांश वितरणको घोषणा


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
फ्रस्ट माइक्रोफाइनान्सद्वारा १७.८९४७% लाभांश वितरणको घोषणा

काठमाण्डौ । फ्रस्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७५/७६ का लागि १७.८९४७ प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ ।  कम्पनीको  साउन २७ गते बसेको संचालक समितिको १५४ औं बैठकले आर्थिक वर्ष २०७५/७६ को वितरणयोग्य मुनाफाबाट लगानीकर्तालई १७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.८९४७ प्रतिशत नगद लाभांश वितरणको निर्णय गरेको हो । 

यो निर्णय अनुसार कम्पनीले ११ करोड ६३ लाख ४६ हजार ९४६ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्नुपर्ने हुन्छ । नगद लाभांशसहित कुल १२ करोड २४ लाख ७० हजार ४६९ रुपैयाँ बराबरको लाभांश वितरणको प्रस्ताव गरिएको हो । 

Read More
  • MBL - below news