फस्ट माइक्रोफाइनान्स वित्तीय संस्था (FMDBL) ले गत आवको मुनाफाबाट शेयरधनीलाई बोनस लाभांश प्रस्ताव गरेको छ। लघुवित्त कम्पनीले १७ प्रतिशत बोनस र बोनसको कर प्रयोजनका लागि नगद लाभांश समेत प्रस्ताव गरेको हो।
लघुवित्त कम्पीको साउन २७ गते सोमबार बसेको सञ्चालक समितिको बैठकले शेयरधधनीहरुलाई गत वर्षको मुनाफाबाट ६८ करोड ४३ लाख ९३ हजार ८०० रुपैयाँ चुक्ता पूँजीको १७ प्रतिशतले हुन आउने ११ करोड ३ लाख ४६ हजार रुपैयाँ बराबरको बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनको लागि ०.८९४७ प्रतिशत नगद लाभांश गरी कूल १२ करोड २४ लाख ७० हजार रुपैयाँ लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।







