नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरिसकेको छ । मौद्रिक नीति पुर्व नेपालको वित्तीय क्षेत्रमा वाणिज्य बैंक र लघुवित्त क्षेत्रको मर्जरको विषयले निकै चर्चा पायो ।
पछिल्लो तथ्यांङ अनुसार नेपालमा ९१ वटा लघुवित्त छन् । अब केही समयमा नै लघुत्तिको संख्या १०६ वटा पुग्दैछ । फेरि ३ वर्ष भित्रमा संख्या घटाएर लघुबित्तको संख्या २५-३० मा झार्ने राष्ट्र बैंकले लक्ष्य लिएको छ। कडा व्यवस्था आउने भन्दै मौद्रिक नीति पुर्व नै पार्टनर खोजेर मर्जरमा जानलाई निर्देशन भएपनि त्यहिअनुरुप नीति ल्याउन राष्ट्र बैंक पछि हटेको छ। राष्ट्र बैंकले सहुलियत भनेका कुराले समेत मर्जरलाई प्रोत्साहन नगर्ने लघुवित्तका सीईओहरुले प्रतिकृया दिएका छन।
मौद्रिक नीतिमा उल्लेख व्यवस्थाले लघुवित्तको क्षेत्रमा पार्ने प्रभाव, अवसर, चुनौती तथा मर्जरको लागि अब अपनाउनुपर्ने पाटोका बिषयमा बिजपाटी डटकमका लागि विजय पराजुलीले नेपाल लघुवित्त बैंकर्स एसोशिएसनका सचिव तथा नेशनल माइक्रोफइनान्सका प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादवसँग गरेको कुराकानी गरेका छन। प्रस्तुत छ कुराकानीको सम्पादित अंशः






