एनआईसी एशिया बैंकले कञ्चनपुर भन्सार कार्यालय परिसरमा विस्तारित काउण्टर स्थापना गर्ने भएको छ । यससम्बन्धमा बैंकले अर्थ मन्त्रालयअन्तर्गत भन्सार विभागसँग सम्झौता गरेको छ ।
सम्झौताअनुसार कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा स्थापना हुने बैंकको काउण्टरबाट भन्सार कार्यालयको कारोबारका साथै भन्सारमा आउने सेवाग्राहीले थप सुविधा प्राप्त गर्न सक्नेछन् । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र भन्सार विभागका महानिर्देशक रामेश्वर दंगालले हस्ताक्षर गरेका छन् ।
उक्त सम्झौतासँगै नेपाल भारत सीमामा रहेको कञ्चनपुर भन्सार कार्यालयबाट दैनिक रुपमा हुने आयात निर्यातसँग सम्बन्धित कारोबारका लागि बैंकका सेवाग्राहीले छिटो छरितो तथा पारदर्शी रुपमा सेवा प्राप्त गर्न सक्ने विश्वास बैंकले लिएको छ ।








