परिसूचकमा सामान्य सुधार, ०.१३ अंकले बढ्यो नेप्से, नाडेप लघुवित्तको शेयरमूल्यमा सर्किट ब्रेक


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
परिसूचकमा सामान्य सुधार, ०.१३ अंकले बढ्यो नेप्से, नाडेप लघुवित्तको शेयरमूल्यमा सर्किट ब्रेक

साउन २७, काठमाडौं (अस) । सोमवार नेप्से परिसूचकमा सामान्य सुधार देखिएको छ । यस दिन कारोबार अवधिभर नेप्से परिसूचक शून्य दशमलव १३ अंक बढेर १ हजार २३३ दशमलव ८५ विन्दुमा बन्द भएको छ । आइतवार नेप्से परिसूचक घटेर १ हजार २३३ दशमलव ७२ विन्दुमा बन्द भएको थियो ।

कारोबारको शुरुको अवधिमा सामान्य उतारचढाव रहेको बजारमा पहिलो १ घण्टाको अवधिमा घटेर यस दिनकै न्यून विन्दु १ हजार २३२ दशमलव ११ विन्दुसम्म पुगेको थियो । सो विन्दु पश्चात बजार उकालो लागेर १ हजार २३६ दशमलव ९ विन्दुसम्म पुगेको नेप्से परिसूचक अन्त्यमा घटबढ हुँदै शून्य दशमलव शून्य १ प्रतिशत बढेर बन्द भएको छ । 

यस दिन कारोबारमा आएका १२ समूहमध्ये ५ समूहको परिसूचक बाहेक बाँकी सबै समूहहरुको परिसूचक बढेर बन्द भएको छ । यस दिन होटल समूहको सर्वाधिक १ दशमलव शून्य १ प्रतिशत बढेको छ भने व्यापार समूहको परिसूचक सर्वाधिक धेरै २ दशमलव ३ प्रतिशत घटेको छ । बैंकिङ, जलविद्युत, निर्जीवन बीमा, र अन्य समूहहरुको परिसूचक १ प्रतिशतभन्दा कम घटेका छन् । होटल, विकास बैंक, वित्त, उत्पादन तथा प्रशोधन, लघुवित्त, जीवन बीमा र म्युचुअल फन्ड समूहको परिसूचक बढेर कारोबार हुँदा समग्र नेप्से सकारात्मक रहेको देखिन्छ ।   

सोमवारको कारोबार

............

Read More
  • MBL - below news