विद्युतीय सवारीलाई बैंकको प्रोत्साहन, मूल्यको ८० प्रतिशतसम्म कर्जा


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
विद्युतीय सवारीलाई बैंकको प्रोत्साहन, मूल्यको ८० प्रतिशतसम्म कर्जा

२७ साउन, काठमाडौं । पछिल्लो समय नेपालमा विद्युतीय सवारी साधनप्रतिको आकर्षण विस्तारै बढ्दैछ । इन्धन नचाहिने र वातावरणलाई हानी नपुर्‍याउने भएकाले विद्युतीय सवारी साधनलाई सरकारले पनि प्रोत्साहन गर्न खोजेको छ ।

देशको व्यापार घाटा न्यूनीकरण गर्ने हिसाबले पनि सरकारले विद्युतीय सवारीको प्रयोग बढाउन खोजेको हो । गत आर्थिक वर्षमा मुलुकको कूल व्यापार घाटा १३ खर्ब २१ अर्ब रुपैयाँभन्दा माथि भयो । यसमा इन्धनको हिस्सा मात्रै तीन खर्ब रुपैयाँ हाराहारीमा छ ।

इन्धनबाट चल्ने सवारीसाधनहरुमा बैंकहरुले ५० प्रतिशत मात्रै कर्जा दिनसक्ने प्रावधान बनाएको राष्ट्र बैंकले विद्युतीय सवारीसाधनहरुलाई भने ८० प्रतिशतसम्म कर्जा दिनसक्ने व्ययवस्था गरेको छ । सरकारी तबरबाटै लचिलो नीति आएपछि यतिबेला वाणिज्य बैंकहरुले समेत विद्युतीय सवारीसाधनका लागि उपलब्ध गराउने कर्जामा आकर्षक अफरहरु ल्याउँदैछन् ।

केही बैंकहरुले विद्युतीय सवारी साधनका लागि धेरै फाइनान्स सुविधा र सस्तो व्याजरदरको घोषणासमेत गरेका छन् । अन्य बैंकहरुले पनि विद्युतीय सवारीसाधन कर्जालाई प्राथमिकतामा राखेको बताउँछन् ।

नबिल बैंकको आकर्षक अफर

मुलुकको पहिलो ज्वाइन्ट भेञ्चर (संयुक्त लगानी रहेको) बैंक नबिलले विद्युतबाट चल्ने सवारीसाधनका लागि उपलब्ध गराउने कर्जामा सहुलियत दिने घोषणा गरेको छ । यस्ता सवारी साधनहरु चढ्न कर्जा चाहनेहरुका लागि ८० प्रतिशतसम्म फाइनान्स सुविधा दिने नबिलले जनाएको छ ।

यसरी उपलब्ध गराउने कर्जाको ब्याजदर पनि सस्तो छ । धेरैजसो बैंक तथा वित्तीय संस्थाहरुले सवारीसाधनमा १२ प्रतिशतभन्दा बढी ब्याज लिइरहेका छन् । तर विद्युतीय सवारी कर्जा लिनेलाई नबिलले जम्मा ९.५ प्रतिशतमै कर्जा उपलब्ध गराउने बताएको छ ।

नबिलजस्तै लक्ष्मी बैंकले पनि विद्युतीय सवारीसाधन कर्जाका लागि आफ्नो अफर सार्वजनिक गरेको छ । विद्युतीय सवारी साधनका लागि फाइनान्स सुविधा दिन सकिने अधिकतम सीमा यस बैंकले पनि ८० प्रतिशत नै तोकेको छ ।

इनधनबाट चल्ने सवारीसाधनमा ६५ प्रतिशत फाइनान्स सुविधा दिने यो बैंकले विद्युतीयमा ९ वर्षसम्मका लागि अधिकतम ८० लाख रुपैयाँसम्म कर्जा उपलब्ध गराउने बताएको छ ।

ग्लोबल आइएमई, एनआईसी एसियालगायतका बैंकले पनि यस्तो कर्जालाई प्राथमिकतामा राखेका छन् । ग्लोबल आइएमई बैंकका सूचना अधिकारी सुरेन्द्रराज अधिकारीका अनुसार सो बैंकले यसअघि विश्व वातावरण दिवसकै अवसरमा विद्युतीय गाडीका लागि अफर ल्याएको थियो । अहिले यस्ता सवारीसाधन लिन चाहनेहरुका लागि राष्ट्र बैंकले तोकेको व्यवस्थाअनुसार ८० प्रतिशतसम्म कर्जा दिने उनले बताए ।

व्यापार विस्तारमा निकै आक्रामक बनेको एनआइसी एसिया बैंकले पनि विद्युतीय सवारी साधनको कर्जामा केही सहुलियतहरु ल्याएको छ । बैंकले ८० प्रतिशत फाइनान्सको सुविधामा ८ वर्षदेखि १५ वर्षसम्मका लागि कर्जा उपलब्ध गराउने छ । व्यक्तिको आम्दानीको ७५ प्रतिशतसम्म कर्जा दिन सकिने बैंकको व्यवस्था रहेको पनि उनले सुनाए ।

विद्युतीय सवारी आजको आवश्यकता : बैंकर शाह

Read More
  • MBL - below news
  • EBL Ad news