शेयर बेच्दा ल्याप्चे लगाउन नपर्ने


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
शेयर बेच्दा ल्याप्चे लगाउन नपर्ने

शेयर विक्री गर्दा ब्रोकर कम्पनीमा पुगेर ल्याप्चे लगाउन नपर्ने भएको छ। भारित औषत लागत गणना गर्ने नयाँ व्यावस्थालाई कायम गर्दै धितोपत्र बोर्डले इलेक्ट्रोनिक माध्यामबाटै कारोबार गर्न सकिने व्यवस्था गरेसँगै ब्रोकरकोमा पुगेर ल्याप्चे लगाउनु नपर्ने भएको हो।

धितोपत्र बोर्डले नेपाल स्टक एक्चेन्ज तथा अर्थ मन्त्रालयलाई यसअघिकै व्यवस्था अनुसार सिडिएससीको प्रणालीकै आधारमा भारित औषत लागत गणना गर्न सिफारिस गरेको छ । तर, प्रणालीले आधार मूल्य नखुलाएको अवस्थामा लगानीकर्ताले अनलाईन मार्फत भारित औषत गणना दाबी गर्न सक्नेछन् । यस्तो दाबी गर्दा लगानीकर्ताले सहायक कागजात भने पेस गर्नुपर्नेछ।

बोर्डले यस्तो सिफारिस गर्नुपुर्व नेप्से तथा सिडिएसको पछिल्लो कारोबारको तथ्याङकलाई आधार मानेर अध्यायन गरेको थियो। सोहि आधारमा संचालन समितिको उक्त सिफारिस गरेको हो।

Read More
  • MBL - below news