भारतमा एउटै कम्पनीले भित्र्याउने भयो नेपालको शेयर बजारको भन्दा धेरै पूँजी


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
भारतमा एउटै कम्पनीले भित्र्याउने भयो नेपालको शेयर बजारको भन्दा धेरै पूँजी

छिमेकी देश भारतमा एउटै कम्पनीले नेपालको पूँजी बजारको भन्दा धेरै विदेशी लगानी भित्र्याउने भएको छ। विश्वको सबैभन्दा ठूलो तेल कम्पनी साउदी अरामकोले भारतको सबैभन्दा ठूलो तेल प्रशोधन कम्पनीमा नेपालको शेयर बजारमा सूचीकृत कम्पनीहरुको कूल बजार पूँजीकरणभन्दा धेरै रकमको शेयर खरिद गर्ने भएको छ।

अरामकोले मुकेश अम्बानीको स्वामित्व रहेको रिलायन्स इन्डस्ट्रीजको तेल रिफाइनिङ तथा पेट्रोकेमिकल कारोबारमा २० प्रतिशत अर्थात् १५ अर्ब अमेरिकी डलर बराबरको हिस्सेदारी खरिद गर्न लागेको हो। यो भारतीय इतिहासकै सबैभन्दा ठूलो प्रत्यक्ष विदेशी लगानी हुनेछ।

Read More
  • MBL - below news