आइतबार सर्किट लागेपछि साल्ट ट्रेडिङ्गको शेयरको माग उच्च, भेटिएनन् बिक्री गर्ने लगानीकर्ता


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
आइतबार सर्किट लागेपछि साल्ट ट्रेडिङ्गको शेयरको माग उच्च, भेटिएनन् बिक्री गर्ने लगानीकर्ता

साल्ट ट्रेडिङ्ग कर्पोरेशन (STC) को शेयरको माग उच्च देखिएको छ। आइतबार सर्किट लागेपछि शेयरमूल्य उचालिएपछि सोमबार नेप्सेको  मार्केट डेप्थमा साल्ट ट्रेडिङ्ग कर्पोरेशनको झण्डै २२ हजार कित्ता शेयर खरिद माग देखिएको छ भने शेयर बिक्री गर्ने लगानीकर्ता शुन्य छन्।

सोमबार बजार खुलेर कारोबारको साढे तीन घण्टा अवधिमा कम्पनीको एउटा पनि कारोबार भएको छैन। शेयर खरिद गर्नेको चाप भने उच्च छ।

सोमबार कम्पनीको मार्केट डेप्थमा २१ हजार ९७७ कित्ता शेयर खरीदको लागि माग भईरहँदा शेयर बिक्री गर्ने लगानीकर्ता अभावले साढे २ बजेसम्म कम्पनीको एउटा पनि कारोबार हुन नसकेको हो ।

Read More
  • MBL - below news