उमेरहदको निर्णय फिर्ता लिन माग गर्दै राष्ट्र बैंकलाई सेयरधनीको पत्र


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
उमेरहदको निर्णय फिर्ता लिन माग गर्दै राष्ट्र बैंकलाई सेयरधनीको पत्र

२८ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले केही दिनअघि बैंकहरुमा उमेर हद लागू गर्दै जारी गरेको परिपत्रका विषयमा सेयरधनीहरुको एउटा समूहले आपत्ति जनाएको छ । विभिन्न बैंकहरुमा सेयर हिस्सा भएका आधा दर्जनभन्दा बढी सेयरधनीले राष्ट्र बैंकलाई निर्णयबाट पछि हट्न आग्रह गरेका छन् ।

राष्ट्र बैंक सञ्चालक समितिलाई पत्राचार गर्दै उनीहरुले उमेरहद लागू गर्ने निर्णय तत्कालै फिर्ता लिन आग्रह गरेका हुन् । फिर्ता नलिए कानुनी उपचार खोज्ने चेतावनीसमेत उनीहरुले दिएका छन् ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ मा उमेर हदको कुनै सीमा नतोकिएको भन्दै कानूनविपरीत गएर गरेको निर्णय फिर्ता लिनुको विकल्प नभएको पत्रमा उल्लेख गरिएको छ । सेयरधनीहरुले कानूनअनुसार चुनेर पठाएका प्रतिनिधिलाई पदावधि बाँकी रहँदै हठात् पदमुक्त गर्ने अधिकार राष्ट्र बैंकलाई नभएको दावीसमेत गरिएको छ ।

पत्रमा हस्ताक्षर गर्ने एक सेयरधनीले भने, ‘यो निर्णय तत्कालै फिर्ता हुनुपर्छ, नत्र अदालतले उल्टाउछ, कानून विपरीत काम गर्ने अधिकार कसैलाई छैन ।’

राष्ट्र बैंकले केही दिनअघि बैंक तथा वित्तीय संस्थाहरुको अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतहरुका लागि अधिकतम उमेर हद तोकेको थियो । ‘क’, ‘ख’ र ‘ग’ बर्गका बैंक तथा वित्तीय संस्थाहरुका लागि जारी गरिएको एकीकृत कार्यविधि, २०७५ लाई संशोधन गर्दै सोमबार राष्ट्र बैंकले नयाँ उमेर हद तोकेको हो ।

तर, सञ्चालक समितिमा नै बिवाद भएपछि राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपाल पनि अन्योलमा परेको श्रोत बताउँछ ।

....

Read More
  • MBL - below news