- सुधा देवकोटा।
शेयरको भारित औसत लागतबारे धितोपत्र बोर्डले अन्तिम माईन्युट तयार पारेर आजै अर्थ मन्त्रालयमा बुझाउन लागेको छ। धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले सम्बद्ध निकायहरुसँग पनि राय लिएर बोर्डले अन्तिम मस्यौदा तयार पारिरहेको मेरोलगानी डटकमलाई बताएका छन् ।
धितोपत्र बोर्डले भारित औसत लागतबारे गर्ने निर्णय अन्तिम हुने वा नहुने बारे बोर्डले केही बताएको छैन। प्रवक्ता गिरीले आजै अर्थ मन्त्रालयमा प्रतिवेदन बुझाउने र संचार माध्यमलाई पनि जानकारी दिने बताएका छन् ।
अर्थमन्त्रालयले साउन २१ गते मंगलबार पत्र लेख्दै पूँजीगत लाभकरको विषयमा उत्पन्न भएको समस्याा तीन दिन भित्र समाधान गर्न बोर्डलाई निर्देशन दिएको थियो ।







