लगानीकर्ता भन्छन्, नियामक जिम्मेबार नहुँदा शेयर बजार बढेन


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
लगानीकर्ता भन्छन्, नियामक जिम्मेबार नहुँदा शेयर बजार बढेन

पूँजी बजार लगातार ओरालो लागिरहेको छ । गत हप्ता मात्रै पनि चार दिन घटेको बजार एक दिन मात्रै सामान्य सुधार देखियो । समग्रमा बजार २५.२८ अंकले घट्यो । पछिल्लो समयको शेयर बजारका साना साना समस्याले गर्दा बजार बढ्ने तथा लगानीकर्ता उत्साहि भएको देखिएको छैन । १२६३ अंकबाट सुरु भएको साताको शेयर बजार बिहिबार बजार बन्द हुदाँ १२३८ अंकमा पुगेको थियो ।

अघिल्लो हप्ता बजारमा रेकर्ड पनि बन्यो । गत बिहीबार नेप्से अनलाईन कारोबार प्रणालीमार्फत सबैभन्दा धेरै संख्यामा कारोबार भयो । नेप्सेका अनुसार बिहीबार मात्रै २९ हजार ४ सय ९६ कारोबारबाट ४५ करोड ४६ लाख २९ हजार ५ सय ६५ रुपैयाँको शेयर किनबेच भयो । यो अहिलेसम्मकै उच्च संख्या हो । अनलाईन कारोबार केही उत्साहजनक भएपनि समग्र बजार भने सुस्ताएको छ ।

अहिले शेयर बजारमा प्रमूख दुई समस्या देखिन्छ । पहिलो, पूँजीगत लाभकरको समस्या र दोस्रो बैंकर्स संघको असहमती ।

Read More
  • MBL - below news