पोखरामा बस चढ्दा नगद बोक्न नपर्ने


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
पोखरामा बस चढ्दा नगद बोक्न नपर्ने

पर्यटकीय सहर पोखरा महानगर क्षेत्रमा सार्वजनिक यातायातमा भाडा तिर्दा नगद बोक्न नपर्ने भएको छ। महानगरपालिकाले यसका लागि अनलाइन भुक्तानी गर्ने नियमन ल्याएको छ।

कार्डबाट भुक्तानीको व्यवस्था ल्याउने तयारी गरेको महानगरले अहिलेलाई भने अनलाई टिकेटिङ लागू गरेको छ। यसका लागि दूरीअनुसारको भाडादरसहितको टिकट यात्रुले पाउँछन्। त्यसको बदला पैसा भने तिर्नुपर्छ।

यो परीक्षणका रूपमा कार्यान्वयन गरिएको महानगरका सूचना अधिकारी गंगालाल सुवेदीले जानकारी दिए।

नगरबसमा नयाँ भाडा पद्धति लागू गर्न खोजेको महानगरले केही समयभित्रै कार्ड लागू गर्ने भएको छ। 

सुवेदीका अनुसार यात्रुले कार्डबाट नगरबसमा यात्रा गर्दा भाडा तिर्ने छन्। बसमै कार्ड स्वाइप गर्ने मेसिन हुने छ। जसबाट यात्रुले दूरीअनुसारको भाडा तिर्ने छन्। त्यसको रिसिट नै टिकेट हुनेछ।

यसका लागि महानगरले अहिले ओम डेभलपमेन्ट बैंकसँग सम्झौता गरिसकेको छ।

बैंकले यात्रा कार्ड उत्पादन र वितरण गर्नेछ। उपभोक्ताले यस्तो कार्ड भने बसदेखि नगरका विभिन्न वडा कार्यालयबाट समेत पाउने छन्। त्यसरी कार्डमा पैसा जम्मा गर्दा पनि झन्झट हुने छैन। सुवेदीकाअनुसार कार्डमा रिचार्ज गर्न सकिने छ। यसका लागि महानगर र बैंकले ठाउँठाउँमा काउन्टर वा सेवा केन्द्र राख्ने छन्।

Read More
  • MBL - below news
  • EBL Ad news