स्वाभिमान लघुवित्तको खुद नाफामा रु. २.५६ करोडले वृद्धि, प्रतिसेयर आम्दानी रु. ४१.७८


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
स्वाभिमान लघुवित्तको खुद नाफामा रु. २.५६ करोडले वृद्धि, प्रतिसेयर आम्दानी रु. ४१.७८

काठमाण्डौ । प्रमुख वित्तीय सूचकमा प्रगति गर्दै स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७५/७६ मा अघिल्लो वर्षको तुलनामा खुद नाफा २ करोड ५६ लाख रुपैयाँले बढाउन सफल भएको छ । चौथो त्रैमासको वित्तीय विवरणअनुसार संस्थाले आर्थिक वर्ष २०७५/७६ मा २ करोड ५८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा संस्थाले २ लाख ३२ हजार रुपैयाँमात्र खुद नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिमा संस्थाले खुद ब्याज आम्दानी ५ करोड ३२ लाख रुपैयाँ आर्जन गर्न सफल भएको छ । जुन अघिल्लो वर्ष १ करोड ३८ लाख रुपैयाँमा सीमित थियो । यसले संस्थाको व्यवसाय विस्तारले आक्रामक गति लिएको देखाउँछ ।

संस्थाको सञ्चालन मुनाफा ३ करोड ७४ लाख रुपैयाँ पुगेको छ । जुन अघिल्लो वर्षको सोही अवधिमा २ लाख ५५ हजार रुपैयाँमात्र रहेको थियो।

Read More
  • MBL - below news