हिमाल दोलखा हाइड्रोपावरले सर्वसाधारणको लागि निष्काशन गरेको आइपीओमा माग भन्दा कम आबेदन परेको छ। कम्पनीले निष्काशन गरेको कुल ७६ लाख ७२ हजार २१० कित्तामा साउन २४ गते शुक्रबार ४ बजेसम्म करिब ३१ लाख कित्ताको लागि मात्रै आबेदन परेको छ।
आइपीओं निष्काशनको अन्तिम दिन शुक्रबार ४ बजेसम्म ७२ हजार २ सय ७५ आवेदकबाट ३० लाख ९९ हजार २ सय ३० कित्ता शेयरको लागि आबेदन परेको सेयर निष्काशन तथा बिक्रि प्रबन्धक ग्लोबल आईएमइ क्यापिटलले जनाएको छ। आइपीओका आबेदन भेरिफाइ हुन बाँकी रहेकाले अहिले प्राप्त तथ्यांक केहि फरक पर्ने सक्ने क्यापिटलले जनाएको छ।






