साउन २३, काठमाडौं । सिर्जना फाइनान्स लिमिटेडलाई ६० प्रतिशत हकप्रद जारीको लागि नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ । बोर्डले कम्पनीको १० बराबर ६ को हकप्रदलाई साउन २० गते स्वीकृति गरेको हो । कम्पनीले २७ लाख ६४ हजार ६९२ कित्ता हकप्रद शेयर निष्काशनका गर्न लागेको छ । कम्पनीको विक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।
कम्पनीको आव २०७५/७६ सम्म चुक्तापूँजी रू. ४६ करोड रहेको छ । ६० प्रतिशत हकप्रद वितरणपछि कम्पनीको चुक्तापूँजी रू. ७३ करोड ७२ लाख पुग्नेछ । कम्पनीले गत आवमा रू. १५ करोड ७३ लाख नाफा कमाएको छ । कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक रू. ३४ दशमलव १४, मूल्य आम्दानी अनुपात ६ प्रतिशत, प्रतिशेयर नेटवर्थ रू. १५६ दशमलव ३९ र तरलता अनुपात ३९ दशमलव ३३ प्रतिशत रहेको छ ।







