काठमाडौं : सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले ६५.७३% ले नाफा वृद्धि गर्दै २ करोड ६५ लाख ३८ हजार रुपैयाँ कमाएको छ । सिनर्जीको विद्युत् बिक्रीबाट हुने आम्दानी ५.०९%ले घटेर १९ करोड १९ लाख ८१ हजार रुपैयाँमा सीमित भए पनि अन्य शीर्षकको नाफा बढेको छ । यस्तै, कतिपय शीर्षकको खर्च घटेका छन् । यही कारण खुद नाफा बढेको हो ।
कम्पनीका अनुसार अन्य क्षेत्रबाट हुने आम्दानी वृद्धि भएर ७८ लाख २१ हजार रुपैयाँ पुगेको छ । कम्पनीले प्रशासनिक खर्च कटौती गर्न पनि सफल भएको देखिन्छ । यस त्रैमास सम्ममा आयोजना खर्च ६३ लाख ४६ हजार रहेको छ । अघिल्लो वर्ष यसै बेला आयोजना खर्च १ करोड ४७ लाख ६७ हजार थियो ।







