दोहोरो कर भन्दै टिकटकले तिरेन भ्याट, राजस्वले माग्यो कागजात


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
दोहोरो कर भन्दै टिकटकले तिरेन भ्याट, राजस्वले माग्यो कागजात

काठमाडौँ — स्थानीय कर प्रणालीमा दर्ता भएको बहुराष्ट्रिय डिजिटल कम्पनी, टिकटक प्रालिले पछिल्लो समय नेपालमा मूल्य अभिवृद्धि कर (भ्याट) दाखिल गरेको छैन । ठूला करदाता कार्यालयको तथ्यांकअनुसार टिकटकले आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ मा भ्याट बुझाएको भए पनि चालु आव २०८२/८३ मा कर दाखिल गरेको छैन । 

टिकटकले आफ्नो कारोबार गुगलको प्लेस्टोर र एप्पलको एपस्टोरमार्फत हुने र ती स्टोरले भ्याट तिर्ने भएकाले दोहोरो कर नलाग्ने दाबी गरिरहेको ठूला करदाता कार्यालयका अधिकारी बताउँछन् । कार्यालयका प्रमुख केदारनाथ शर्माका अनुसार टिकटकका तर्फबाट नेपालमा उनीहरूको कारोबारको लेखापरीक्षण गर्ने व्यक्ति (अडिटर) ले गुगल प्लेस्टोर र एप्पलको एपस्टोरमार्फत कारोबार हुने भएकाले भ्याटको विषयमा दोहोरो कर पर्ने तर्क गरेका छन् । 

Read More
  • MBL - below news