काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद् बैठक आह्वान गरिसकेका छन् । मंगलबारको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति पौडेलले वैशाख १७ गते बिहीबार दिउँसो २ बजेका लागि दुवै सदनको अधिवेशन आह्वान गरेका छन् ।
गत चैत २७ गते संघीय संसदको दुवै सदनको चालु अधिवेशन अन्त्य भएको थियो । त्यस यता संसदीय समितिहरू गठन भएर सभापति चयन गर्नेसम्मका काम भएका थिए, तर सरकारले चालु अधिवेशन अन्त्यसँगै बर्खे अधिवेशन अर्थात् बजेट अधिवेशन बोलाएको छ ।








