काठमाडौं: यातायात व्यवसायीले कोशी प्रदेशमा बाहेक विद्यार्थीलाई ४५ प्रतिशत छुट नदिने भएका छन्। सरकारले सहमति अनुसार सवारी साधनमा कर छुट नदिएको भन्दै व्यवसायीले भाडा छुट दिन नसकिने बताएका हुन् ।
यातायात व्यवस्था विभागले व्यवसायीलाई पत्र काट्दै सहमति अनुसार ४५ प्रतिशत छुट दिन भनेको थियो।
‘मिति २०६५/११/२० गतेको निर्णयलाई आधार बनाई छुट उपलब्ध गराउन भनी लेखिएको पत्रबारे महासंघमा गम्भिर छलफल भयो। सो सम्बन्धमा तत्कालिन अवस्थामा देश संघियतामा नगएको अवस्था रहेको र महासंघले पनि सो निर्णय २०७२ सालसम्म कार्यान्वयन गर्दै आएको अवगत गराउन चाहान्छु,’ यातायात व्यवस्था विभागलाई पत्र पठाउँदै राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव डकेन्द्र गौतमले भनेका छन्,‘उक्त छुट दिएबापत नेपाल सरकारले बार्षिक कर, रुट परमिट, जाँचपासमा ६० छुट दिने सहमती भएको अवस्था थियो ।’








