Kickfest Futsal League 2026, Corporate Edition मा कृषि विकास बैंक विजेता


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
Kickfest Futsal League 2026, Corporate Edition मा कृषि विकास बैंक विजेता

काठमाडौं : Fineserve Global द्वारा आयोजित ‘Kickfest Futsal League 2026, Corporate Edition’ शनिबार क्लब मध्यपुर फुटसलमा सम्पन्न भएको छ। प्रतियोगितामा विभिन्न कर्पोरेट संस्थाहरूले सहभागिता जनाएका थिए।

प्रतिस्पर्धात्मक खेलमा कृषि विकास बैंकले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जितेको हो। बैंकले नगद रु. १ लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। Zakipoint Health Nepal उपविजेता बनेको छ, जसले नगद रु. ४० हजारसहित ट्रफी र प्रमाणपत्र पाएको आयोजकले जनाएको छ।

कृषि विकास बैंकले समूह चरणमा प्रभावशाली प्रदर्शन गरेको थियो। उसले पहिलो खेलमा आयोजक टोलीलाई ४–० गोलले पराजित गर्दै सुरुआत गरेको थियो। त्यसपछि दोस्रो खेल १–०, तेस्रो खेल ३–० र चौथो खेल ३–२ गोलले जित्दै समूह चरण पार गरेको थियो।

सेमिफाइनलमा कडा प्रतिस्पर्धापछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो, जहाँ कृषि विकास बैंक २–१ ले विजयी हुँदै फाइनलमा प्रवेश गरेको थियो। फाइनलमा Zakipoint Health Nepal सँग निर्धारित समयमा बराबरी भएपछि खेल पुनः पेनाल्टी सुटआउटमा गएको थियो। उक्त सुटआउटमा कृषि विकास बैंक ३–१ ले विजयी हुँदै उपाधि जित्न सफल भयो।

राति १० बजे सम्पन्न प्रतियोगिता व्यवस्थित रूपमा सञ्चालन गरिएको सहभागीहरूले बताएका छन्। आयोजकका अनुसार, यस्ता प्रतियोगिताले कर्पोरेट संस्थाबीच सम्बन्ध सुदृढ गर्नुका साथै टीमवर्क र उत्साह अभिवृद्धि गर्न मद्दत पुर्‍याउँछ।

  • MBL - below news