प्रदेशको विकाससँग प्रत्यक्ष जोडिने पुँजीगत खर्चको अवस्था पनि कमजोर देखिएको छ । चालु आर्थिक वर्षमा विनियोजित कुल पुँजीगत बजेट ४० अर्ब ८३ करोड ५३ लाख ५६ हजार रुपैयाँमध्ये सरकारका निकायहरूले ९ महिनाको अवधिमा ९ अर्ब ४२ करोड ३२ लाख ६ हजार अर्थात् २३ दशमलव ९ प्रतिशत मात्र खर्च गरेका छन् ।







