सेयर बजार घट्ने श्रृंखला जारी रहँदा रसुवागढी र सान्जेनको सबैभन्दा बढी कारोबार


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सेयर बजार घट्ने श्रृंखला जारी रहँदा रसुवागढी र सान्जेनको सबैभन्दा बढी कारोबार

काठमाडौं : पुँजी बजार तल झर्ने श्रृंखला जारी रहेको छ । साउनको अन्तिम साता सुरु हुँनै लाग्दा पनि सेयर बजारले लगानीकर्ताको मुहारमा खुशी भर्न सकेको छैन । बजार लगातार घटिरहेको भए पनि सरोकारवाला निकाय चुपचाप बसेका छन् । लगानीकर्ताको अरबौं सम्पति गुमिरहँदा पनि अर्थ मन्त्रलाय, धितोपत्र बोर्ड लगायतका निकाय रमिते जस्ता बनिरहेका छन् । केन्द्रीय बैंकले  मौद्रिक नीति तथा यसको कार्यान्वयनका लागि जारी गरेको परिपत्रले बैंकहरुको नाफा घटाउने बैंकरहरुले आरोप लगाएका छन् ।

स्प्रेड गणनाको सूत्र परिवर्तन गर्दा बैंकहरुको नाफा २५% सम्मले घट्ने दाबी गरिएको छ । पुँजीकोष अनुपात बढाउने व्यवस्थाले पनि लगानी खुम्चिने उनीहरुको दाबी छ । यसले पनि बैंक तथा वित्तीय संस्थाको वर्चस्व रहेको सेयर बजार प्रभावित बनाएको कतिपयले विश्लेषण गरिरहेका छन् । साथै, भारित औसत लागत विधिबाट पुँजीगत लाभकर गणनामा निकालिएको अन्योलता समाधान भई नसकेकाले पनि लगानीकर्ता उत्साहित हुन सकेका छैनन् ।

Read More
  • MBL - below news