भन्सारमा कडाई गरिएको विरोधमा वीरगन्ज नाकामा धर्ना


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
भन्सारमा कडाई गरिएको विरोधमा वीरगन्ज नाकामा धर्ना

वीरगन्ज : वीरगन्ज नाकास्थित शंकराचार्य गेटमा जनअधिकार पार्टीले आइतबार धर्ना दिएको छ। भारतबाट १०० रुपैयाँ बढी मूल्यको सामान ल्याउँदा भन्सार कर तिर्नुपर्ने नियमको विरोधमा जनअधिकार पार्टीका अध्यक्ष डा. शरदसिंह यादवको अगुवाइमा उक्त पार्टीका नेता कार्यकर्ताले आइतबार वीरगन्ज नाकास्थित शंकराचार्य गेटस्थित सडकमै एक घण्टा धर्ना दिएका हुन्। 

सरकारले भन्सार कर असुल्ने नाममा नेपाल र भारत बीचको रोटीबेटीको सम्बन्धमा नै खलल पुर्‍याउने नियतले उक्त हास्यास्पद नियम लगाएको अध्यक्ष यादवले आरोप लगाए। खासगरी सीमा क्षेत्रका मधेसका जनतालाई सास्ती दिनेगरी भन्सारमा लगाइएको उक्त नियम तत्काल खारेज गर्नुपर्ने आफूहरूको माग रहेको उनले बताए। 

Read More
  • MBL - below news