बागमतीमा २८ प्रतिशत मात्र बजेट खर्च


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
बागमतीमा २८ प्रतिशत मात्र बजेट खर्च

हेटौंडा : बागमती प्रदेशमा चालु आर्थिक वर्षको ९ महिनाको बजेट खर्च ज्यादै निराशाजनक देखिएको छ । प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८२ / ८३ को चैत मसान्तसम्म २८.७९ प्रतिशत मात्र खर्च गरेको छ । 

चालु आर्थिक वर्ष सकिन ३ महिना मात्रै बाँकी रहेको अवस्थामा प्रदेश सरकारलाई ७२ प्रतिशत बजेट खर्च गर्नुपर्ने चुनौती समेत खडा भएको छ । चालु आर्थिक वर्ष ०८२ / ८३ का लागि प्रदेश सरकारले ६७ अर्ब ४७ करोड ७३ लाख रुपैयाँ विनियोजन गरेकोमा हालसम्म १९ अर्ब ४२ करोड ५७ लाख रुपैयाँ खर्च गरेको प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी सुरज पौडेलले बताए । 

Read More
  • MBL - below news