आज वैशाख ३ गते बिहिबार, वैशाख कृष्णपक्ष चतुर्दशी तिथि, कुन राषिको लागि कस्तो ?


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
आज वैशाख ३ गते बिहिबार, वैशाख कृष्णपक्ष चतुर्दशी तिथि, कुन राषिको लागि कस्तो ?

वैशाख ३ गते बिहिबार, वैशाख कृष्णपक्ष चतुर्दशी तिथि

मेष
अनावश्यक खर्च नियन्त्रण गर्नु लाभदायक छ। काममा सावधानी अपनाउँदा आर्थिक नोक्सान टार्न सकिन्छ।

वृष
बैंकिङ, आयात–निर्यात र वित्तीय क्षेत्रमा लाभ प्राप्त हुने अनुकूल समय। व्यवसायिक निर्णय फाइदाजनक सावित हुन सक्छ।

मिथुन
काममा उपलब्धि र व्यवसायिक नाफा प्रबल हुनेछ।

कर्कट
सामाजिक र धार्मिक गतिविधिबाट लाभ प्राप्त हुने समय। श्रमको फल सन्तोषजनक हुनेछ।

सिंह
स्वास्थ्य र ऊर्जा कमजोरीले आर्थिक र पेशागत क्रियाकलापमा असर पुर्‍याउन सक्छ, सावधानी जरूरी।

कन्या
यात्रा लाभदायक बन्नेछ। साझेदारहरूसँग विश्वासिलो वातावरण सिर्जना हुनेछ, व्यवसायिक समझदारी बलियो हुनेछ।

तुला
दीर्घकालीन फाइदा हुने क्षेत्रमा पूँजी र श्रम लगानी गर्ने उपयुक्त समय। धैर्यपूर्वक अघि बढ्दा लाभ सुनिश्चित हुनेछ।

वृश्चिक
पारिवारिक सहयोग र यात्राबाट आर्थिक वा पेशागत अवसर प्राप्त हुने देखिन्छ।

धनु
लाभ र हानि समान रहने सम्भावना। सामाजिक प्रतिष्ठा वृद्धि हुने संकेत छ।

मकर
पारिवारिक सहयोगले ठूलो कार्य सम्पन्न हुनेछ। जोश र हिम्मतले आर्थिक पहलमा सहयोग गर्नेछ।

कुम्भ
नयाँ ज्ञान र सामाजिक सहभागिताले अवसर सिर्जना गर्नेछ।

मीन
रोकिएका आर्थिक वा व्यवसायिक कामहरू पुनः सुरु हुनेछन्। जोश र उमङ्ग बढ्ने समय छ।

  • MBL - below news