काठमाडौं । घरजग्गाको कारोबार संख्याका आधारमा मधेश प्रदेश अग्रस्थानमा देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको नेपालमा रियल इस्टेट बजारको अवस्थाबारेको प्रतिवेदन उक्त कुरा देखाएको हो ।
प्रतिवेदनअनुसार मधेश प्रदेशपछि लुम्बिनी प्रदेश र कोशी प्रदेश छन् । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सबैभन्दा कम कारोबार हुने गरेको प्रतिवेदनले देखाएको छ ।
कारोबार भएको जग्गाको क्षेत्रफलका आधारमा मधेश प्रदेशको हिस्सा सबैभन्दा उच्च छ । त्यसपछि कोशी प्रदेश र लुम्बिनी प्रदेश रहेका छन् ।








