सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरासहित २८ जनाविरुद्ध करिब ७ करोडको मुद्दा दायर


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरासहित २८ जनाविरुद्ध करिब ७ करोडको मुद्दा दायर

काठमाडौं : पूर्वसभामुख एवं नेपाली कम्युनिष्ट पार्टीका (नेकपा) का नेता कृष्णबहादुर महरा,सह-सचिव अरुण पोखरेललगायत २८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विद्युतीय चुरोट (भेप)मा  सुन लुकाएर तस्करी गरेको अभियोगमा महरासँगै सह-सचिव पोखरेल,महराका छोरा राहुललगायतलाई प्रतिवादी बनाइ मुद्दा दायर भएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।

उनीहरूविरुद्ध ७ करोड ७८ लाख ६८ हजार ९५ रुपैयाँ बिगो माग गरिएको छ।

Read More
  • MBL - below news