नेपाल कृषि विकास बैंक कनेक्ट आईपीएसमा आवद्द भएको छ । आज बिहिबारबाट बैंक यस प्रणालीमा आवद्द भई कारोबार सुरु गरेको हो । यस संगै अब कृषि विकास बैंकका ग्राहकहरुले पनि यस प्रणालीमार्फत आफ्नो बैंक खाताबाट विभिन्न अनलाईन भुक्तानीे कारोबारहरु गर्न सक्नेछन् ।
कनेक्ट आईपीएस नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरुबाट प्रवद्र्घित भई नेपाल क्लियरिङ्ग हाउसले संचालनमा ल्याएको हो ।
यस प्रणालीमा बैंकका ग्राहकले आफूलाई एक पटक आवद्ध गरी आफ्नो बैंक खातालाई लिंक गराई यसमा उपलब्ध हुने भुक्तानीसेवाहरु प्राप्त गर्न सक्नेछन् । हाल यस प्रणाली मार्फत नेपाल सरकारको राजस्व भुक्तानी,लोकसेवा आयोगको भुक्तानी, कम्पनी रजिष्ट्रार कार्यालयको भुक्तानी ,नागरिक लगानी कोषको भुक्तानी, रकम ट्रान्सफर, क्रेडिट कार्ड बिलभुक्तानी, मोबाईल वालेटमा फण्ड लोड, सेयर ब्रोकरलाई भुक्तानीे लगायतमा अन्य विभिन्न सेवा प्रदायकहरुलाई भुक्तानी गर्न सकिने व्यवस्था रहेको छ ।







