पेट्रोलियम आयातमा लाग्ने भन्सार महशुल र पूर्वाधार विकास करमा ५० % छूट दिने सरकारको निर्णय, 'तत्काल मूल्य भने नघट्ने'


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
पेट्रोलियम आयातमा लाग्ने भन्सार महशुल र पूर्वाधार विकास करमा ५० % छूट दिने सरकारको निर्णय, 'तत्काल मूल्य भने नघट्ने'

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको आयातमा लगाउँदै आएको भन्सार महसुल र पूर्वाधार विकास करमा ५० प्रतिशत छूट दिने निर्णय गरेको छ । मंगलवार (आज) बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । 

सरकारले उक्त छूट दिने निर्णय गरे पनि पेट्रोलियम पदार्थको मूल्य भने तत्काल नघट्ने भएको छ । नेपाल आयल निगमका कार्यकारी निर्देशक चन्द्रिका प्रसाद भट्टले सरकारले निर्णय गरे पनि तत्कालै मूल्य नघट्ने बताए । सरकारको उक्त निर्णयले पेट्रोलियमको आयातमा भने सहज हुने उनको भनाइ छ । 

Read More
  • MBL - below news