नेपाल धितोपत्र बोर्डले शेयर बजारलाई थप व्यवस्थित, पहुँचयोग्य र चलायमान बनाउने उद्देश्यसहित तीन नयाँ व्यवस्थाहरू कार्यान्वयनको तयारी गरेको छ। यसमध्ये धितोपत्र बोर्डको संचालक समितिले स्वीकृत गरे लगत्तै दुई व्यवस्था तत्काल कार्यन्वयनमा आउने जनाइएको छ।
अब नियमित कारोबार समय बाहेक पनि लगानीकर्ताले शेयर खरिद–बिक्रीका लागि आदेश ‘अर्डर’ राख्न पाउने भएका छन्। ‘अफ्टर मार्केट अर्डर (एएमओ)’ नाम दिइएको यो व्यवस्था बोर्डको स्वीकृतिपछि तत्कालै लागू हुने बताइएको छ।








