पेट्रोल-डिजेल गाडीलाई ईभी बनाउन कानुन बनाउने सरकारको निर्णय


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
पेट्रोल-डिजेल गाडीलाई ईभी बनाउन कानुन बनाउने सरकारको निर्णय

काठमाडौं: सरकारले पेट्रोल तथा डिजेल गाडीलाई विद्युतीयमा रुपान्तरण गर्न पाउने गरी कानुन बनाउने निर्णय गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले यसका लागि सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय गरेको हो । 

सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउने क्रममा वातावरण संरक्षण र इन्धन खपत कम गर्ने उद्देश्यले उक्त निर्णय लिइएको बताए। पोखरेलले भने, 'डिजेल तथा पेट्रोल गाडीलाई विद्युतीय गाडीमा परिवर्तन गर्नका लागि आवश्यक कानुनी व्यवस्था मिलाउने निर्णय भएको छ। यसले एकातिर इन्धनको परनिर्भरता घटाउनेछ भने अर्कोतिर नेपालको नवीकरणीय ऊर्जाको खपत पनि बढाउन मद्दत गर्नेछ ।’

Read More
  • MBL - below news