काठमाडौँ — सम्पत्ति शुद्धीकरण मुद्दामा शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाल पक्राउ परेका छन् । शंकर ग्रुप अन्तर्गत जगदम्बा होल्डिङ्सका अध्यक्षसमेत रहेका अग्रवाललाई सम्पत्ति शुद्धीकरण विभागले आज बिहान नियन्त्रणमा लिएको हो ।
उनलाई कहाँबाट पक्राउ गरिएको भन्ने विषय खुलाइएको छैन । विभागले अनुसन्धानकै क्रममा सुलभका बाबुसमेत रहेका शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाललाई शुक्रबार काठमाडौंबाट नियन्त्रणमा लिएको थियो ।







