काठमाडौं: खाडी युद्धको असरले संकटमा परेका उद्योगलाई राहत दिन भारतले ४० प्रकारका कच्चा पदार्थमा पूर्ण भन्सार छुट दिने निर्णय गरेको छ।
यो निर्णय जुन ३० तारिखबाट लागु हुने भारतीय वित्त मन्त्रालयले जनाएको छ। खाडी युद्धका कारण कच्चा पदार्थको आपूर्तिमा समस्या हुने भएपछि भारतले ४० प्रकारका पेट्रोकेमिकल वस्तुको कच्चा पदार्थमा पूर्ण भन्सार छुट दिने भएको हो।







