तीनै तहका सरकारी सूचना अब सरकारी सञ्चारमाध्यमबाट मात्रै


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
तीनै तहका सरकारी सूचना अब सरकारी सञ्चारमाध्यमबाट मात्रै

काठमाडौं : तीन वटै तहका सरकारी सूचना अब सरकारी सञ्चारमाध्यमबाट मात्र प्रकाशन / प्रशारण गर्न पाइने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सरकारी खर्चमा मितव्ययिता कायम गर्न, विज्ञापन तथा सूचना प्रकाशन / प्रशारणमा एकरुपता र पारदर्शिता ल्याउन सरकारी स्वामित्वका सञ्चारमाध्यमहरुको प्रवर्द्धन गर्न आफू तथा आफू मातहतका निकायहरुलाई सूचित गराएको छ । 

सार्वजनिक निकायहरुबाट सार्वजनिक खरिदलगायतका सूचनाहरु सञ्चार माध्यमहरुबाट प्रकाशन र प्रशारण गर्दा नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तह एवम् सो अन्तर्गतका निकायहरु, सार्वजनिक कोष प्रयोग गरी कार्य गर्ने सबै सार्वजनिक निकायहरुले आफ्ना सूचनाहरु गोरखापत्र संस्थान, रेडियो नेपाल, नेपाल टेलिभिजन जस्ता सरकारी एवम् सरकारी सवामित्वमा रहेका सञ्चारमाध्यममा मात्र प्रकाशन / प्रशारण गर्न मन्त्रालयले अनुरोध गरेको छ ।

Read More
  • MBL - below news