अमेरिका–इरान युद्धको प्रभाव : यूरोपेली र अमेरिकी पर्यटक घटे


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
अमेरिका–इरान युद्धको प्रभाव : यूरोपेली र अमेरिकी पर्यटक घटे

काठमाडौँ । अमेरिका र इजरायल गठबन्धनले इरानविरुद्ध गरेको युद्धको प्रभाव नेपालको विदेशी पर्यटक आगमनमा देखिएको छ । नेपाल पर्यटन बोर्डले बुधवार सार्वजनिक गरेको विवरणअनुसार यूरोप, अमेरिका, पश्चिम एशिया र अफ्रिकाबाट आउने पर्यटकको संख्या सन् २०२६ मार्चमा अघिल्लो वर्षको सोही महीनाको तुलनामा उल्लेख्य घटेको छ । तर, एशियाली देशबाट आउने पर्यटकको संख्या बढेकाले समग्र पर्यटक आगमनमा सामान्य मात्र गिरावट आएको बोर्डले बताएको छ । 

जेनजी आन्दोलनपछि सन् २०२५ सेप्टेम्बरमा पर्यटक आगमन घटेकोमा पछिल्ला महीनाहरूमा सुधार आएको थियो । तर, मार्चमा गिरावट आएको छ । पश्चिमी देशबाट नेपाल आउने पर्यटकले मूलतः टर्की, दोहा र दुबईजस्ता पश्चिम एशियाका शहरहरूलाई ट्रान्जिट बनाउँछन् । अहिले खाडी क्षेत्रमा युद्ध भइरहेकाले उक्त क्षेत्रबाट अन्तरराष्ट्रिय उडान धेरै हदसम्म अवरुद्ध हुन पुगेको छ । 

Read More
  • MBL - below news