संस्थागत लगानीकर्तामात्रैका लागि नबिल बैंक को ५ अर्बको अग्राधिकार शेयर दोस्रो बजारमा कारोबार सुरु


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
संस्थागत लगानीकर्तामात्रैका लागि नबिल बैंक को ५ अर्बको अग्राधिकार शेयर दोस्रो बजारमा कारोबार सुरु

काठमाडौँ । नबिल बैंक द्वारा जारी ‘८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को दोस्रो बजारमा कारोबार सुरु भएको छ। बैंकका अनुसार २०८२ चैत १६ गतेदेखि प्रति शेयर १०० रुपैयाँ अंकित मूल्यका कुल ५ करोड कित्ता शेयर सूचीकृत भई कारोबारमा आएका हुन्, जसको कुल चुक्ता मूल्य ५ अर्ब रुपैयाँ रहेको छ।

यस प्रकारका अग्राधिकार शेयर संस्थागत लगानीकर्ताबीच मात्रै खरिद–बिक्री हुने व्यवस्था गरिएको छ। सर्वसाधारण लगानीकर्ता, धितोपत्र व्यवसायी तथा सामूहिक लगानी कोषलाई भने यस्तो शेयर कारोबारमा सहभागी हुन नपाइनेछ।

नबिल बैंक ले नेपालमै पहिलोपटक यस प्रकारको अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्न स्वीकृति पाएको थियो। बैंकका अनुसार यस्तो उपकरणमार्फत अतिरिक्त प्राथमिक पुँजी सुदृढ भई जोखिम वहन क्षमता बढ्ने र व्यवसाय विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

हाल बैंकले देशभर २६८ शाखा र ३१८ एटिएममार्फत २५ लाखभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको छ। साथै, डिजिटल बैंकिङ प्रवर्द्धनका लागि ‘एनबैंक’ सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ।

  • MBL - below news