काठमाडौँ — भारतले अप्रिलदेखि अगस्टसम्मका लागि बिजुली आयात गर्न पाउने गरी अनुमति नवीकरण गरिदिएको छ । भारतले १८ चैतदेखि २ वैशाखसम्म २४ घण्टा, ३ वैशाखदेखि १६ असारसम्म १६ घण्टा र १७ असारदेखि १५ भदौसम्म २४ घण्टा बिजुली दिने बिजुली दिने गरी नवीकरण गरिदिएको हो । यद्यपि जेठ अन्तिम सातादेखि नेपालले भारत र बंगलादेशमा निर्यात थाल्छ ।
२०८१ चैतमा भारतले पटकपटक गरी १२ र १६ घण्टा बिजुली आयात गर्न अनुमति नवीकरण गरिदिँदै आएकामा मंगलबारसम्मका लागि २४ घण्टा नै बिजुली दिँदै आएको थियो । बुधबारदेखि भने नेपाल विद्युत् प्राधिकरणले दिनको १६ घण्टा मात्र बिजुली आयात गर्न पाउनेछ ।






