तौलिहवा (कपिलवस्तु), चैत १७ गते । ग्राहकको खाताबाट रकम आफ्नो खातामा ट्रान्सफर गरी लगाएको आरोपमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड, तौलिहवा शाखाका कर्मचारी रिशभ कार्की पक्राउ पर्नुभएको छ।
प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहका अनुसार, कार्कीले मोबाइल बैंकिङ र कनेक्ट आइपीएसमार्फत एक करोड ६५ लाख रुपियाँ ट्रान्सफर गरी आफ्नो खातामा लगाएको आरोप छ । उहाँलाई इलाका प्रहरी कार्यालय पकडीबाट नियन्त्रणमा लिइएको हो।








