सिद्धार्थ म्युचुअल फण्डको एसआईजीएस २ को बिक्री शुरु, देला त वार्षिक ४८ प्रतिशत औसत प्रतिफल ?


  • KBL News Ad
  • ADBL
  • City Express
सिद्धार्थ म्युचुअल फण्डको एसआईजीएस २ को बिक्री शुरु, देला त वार्षिक ४८ प्रतिशत औसत प्रतिफल ?

सिद्धार्थ क्यापिटलले बिक्री गरेको सिद्धार्थ ईन्भेष्टमेन्ट ग्रोथ स्किम १ ले वार्षिक ४८.४५ प्रतिशत प्रतिफल दिएर अवधि समाप्त भएपछि दोस्रो संस्करण (SIGS2) बिक्रीमा ल्याएको छ।

सिद्धार्थ क्यापिटलले एक अर्ब ४० करोड बराबरको ईकाई साउन २३ गतेदेखि बिक्री खोलेको हो। यसमा सर्बसाधारण लगानीकर्ताले प्रति ईकाई १० रुपैयाँका दरले १०० ईकाईदेखि एक करोड ४० लाख ईकाईसम्म लगानी गर्नसक्ने छन् । सबै ईकाई बिक्री भएमा साउन २७ गते नै यसको बिक्री बन्द हुने जनाईएको छ ।

सिद्धार्थ क्यापिटललले पहिलो योजना जस्तै दोस्रो योजनामा पनि उच्चतम प्रतिफलको प्रयास गरिने जनाएको छ। दक्ष लगानी ब्यवस्थापक तथा जोखिम ब्यवस्थापन गरी विविधिकरण गरेर लगानी गरी उच्चतम प्रतिफल हासिल गरिने योजना ब्यवस्थापक सिद्धार्थ क्यापिटलको प्रतिबद्धता रहेको उल्लेख गरिएको छ ।

ईकाई बिक्रीबाट संकलित रकम धितोपत्र बजारमै लगानी गरिने जनाईएको छ।

Read More
  • EBL Ad news