मध्यपूर्वका खाडी मुलुकहरूमा उत्पन्न तनावका कारण नेपाली अर्थतन्त्र प्रत्यक्ष प्रभावित हुन थालेको छ। कच्चापदार्थ पाउन गाह्रो र अत्यधिक मूल्यका कारण धेरै उद्योगहरू आफ्नो उत्पादन घटाउन बाध्य भएका छन्।
यही स्थिति कायम रहे नेपालको औद्योगिक उत्पादनदेखि विदेशी मुद्रा सञ्चिति, रोजगार, बजार मूल्य र समग्र आर्थिक वृद्धिमा असर पर्न सक्ने देखिएको छ।
खासगरी प्लास्टिक, प्याकेजिङ, पेय पदार्थ, खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री, औषधि, पाइप उद्योगले कच्चापदार्थ नपाएको बताएका छन्। सिमेन्ट, फलाम/डन्डी जस्ता उद्योगमा पनि समस्या देखिएको छ।







