आज फागुन १३ गते बुधबार, फाल्गुन शुक्लपक्ष नवमी तिथि, : कुन राशिको आर्थिक पक्ष कस्तो ?


  • Shangrila Dev Bank News Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
आज फागुन १३ गते बुधबार, फाल्गुन शुक्लपक्ष नवमी तिथि, : कुन राशिको आर्थिक पक्ष कस्तो ?

फागुन १३ गते बुधबार, फाल्गुन शुक्लपक्ष नवमी तिथि

मेष
व्यवसायबाट राम्रो लाभको सम्भावना छ। अघिल्लो मेहनतको फलस्वरूप प्रशस्त आम्दानी हुनेछ। रोकिएका कामहरू पूरा हुनेछन्।

 बृष
विगतका कमजोरी सुधारेर नयाँ र सिर्जनशील काम सुरु गर्ने अनुकूल समय आएको छ।

 मिथुन
अविवेकपूर्ण खर्चले समस्या निम्त्याउन सक्छ। समयको प्रतिकूलता झेल्नुपर्न सक्छ, सतर्कता आवश्यक छ।

 कर्कट
नियमित काम र व्यवसायबाट सामान्य फाइदा हुनेछ। तर, असावधानीले अरूले तपाईंको श्रमको फाइदा उठाउन सक्छन्, सतर्क रहनुहोस्।

 सिंह
कृषि, पशुपालन र व्यवसायमा राम्रो फाइदा हुनेछ। भौतिक साधन जुट्नाले दीर्घकालीन योजना सुरु गर्न सकिनेछ।

 कन्या
सघन प्रयासले नयाँ कामको थालनी हुनेछ। सहयोगीहरूको साथ पाइनेछ, तर अपेक्षित उपलब्धि हासिल गर्न केही समय लाग्न सक्छ।

तुला
लेनदेनसम्बन्धी विवादले समस्या हुन सक्छ। परिस्थितिले चुनौतीहरू स्वीकार्न बाध्य पार्न सक्छ, धैर्य र संयमता आवश्यक छ। 

वृश्चिक
आम्दानी बढाउने नयाँ अवसरहरू फेला पर्नेछन्। व्यवसायसम्बन्धी रमाइलो यात्राको सम्भावना छ। साथीभाइको साथ र समर्थन पाइनेछ।

धनु
स्रोत र साधन जुट्नाले मेहनतीहरूका लागि समय अत्यन्त उत्साहजनक रहनेछ। नयाँ आर्थिक योजनाको थालनी हुनेछ।

मकर
अप्ठ्यारा परिस्थितिहरू समाधान गर्न केही समय लाग्न सक्छ। यद्यपि, चिताएका लक्ष्यहरू बिस्तारै पूरा हुँदै जानेछन्।

कुम्भ
तत्काल लाभ नदेखिए पनि निरन्तर प्रयासले रोकिएको काम पूरा हुनेछ। परिश्रमको तुलनामा प्रतिफल अलिक कम देखिन सक्छ।

मीन
छोटो समयमा उल्लेखनीय उपलब्धि हात लाग्नेछ। स्रोतसाधनको अभिवृद्धिले कर्मको उचित प्रतिफल दिलाउनेछ। उद्योग र व्यापारमा फाइदा हुनेछ।

  • MBL - below news