१२ फागुन, काठमाडौं । नेपाल राष्ट्र बैंक वित्तीय प्रणालीको अधिक तरलता र अल्पकालीन ब्याजदर व्यवस्थापनमा असफल देखिएको छ । वित्तीय प्रणालीको तरलता व्यवस्थापन गरेर अल्पकालीन ब्याजदर तोकिएको सीमा सीमाभित्र राख्न बैंक असफल भएको हो ।
केन्द्रीय बैंकहरूले वित्तीय प्रणालीमा तरलता प्रवाह र प्रशोचन गरेर व्यवस्थापन गर्छन् । राष्ट्र बैंकले अधिक तरलता खिच्नका लागि एनआरबी बन्ड, निक्षेप संकलन उपकरण, स्थायी निक्षेप सुविधा लगायतका वित्तीय औजार प्रयोग गर्छ । त्यसैगरी प्रणालीमा तरलता न्यून भएको अवस्थामा बैंकले स्थायी तरलता सुविधा, रिपो, सोझै खरिद जस्ता उपकरण मार्फत रकम पठाउँछ ।






