व्यवसायीलाई करको दायरामा ल्याउन घरदैलो अभियान


  • Shangrila Dev Bank News Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
व्यवसायीलाई करको दायरामा ल्याउन घरदैलो अभियान

रुपन्देही । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले हालसम्म पनि करको दायरामा नआएका व्यावसायिक प्रतिष्ठानलाई करको दायरामा ल्याउन घरदैलो अभियान सञ्चालन गर्ने भएको छ । प्रत्येक वडाका टोलटोलमा रहेका व्यावसायिक प्रतिष्ठान (पसलहरू)मा पुगेर राजस्वका बारेमा बुझाएर सबैलाई करको दायरामा ल्याउन अभियान सञ्चालन गर्न लागिएको नगर उपप्रमुख उमा अधिकारीले जानकारी दिईन् ।

सोमबार भैरहवास्थित नगर कार्यपालिकाको कार्यालयमा बसेको राजस्व परामर्श समिति, सिद्धार्थनगरको बैठकले राजस्व (कर) सम्बन्धी अभियान सञ्चालन गर्ने निर्णय गरेको उपप्रमुख अधिकारीले बताइन् । उनले भनिन्,“कर दर नभई दायरा बढाउने हो, यसका लागि घरदैलो अभियान सञ्चालन गर्ने निर्णय गरेका छौँ ।” राजस्व परामर्श समितिको संयोजकसमेत रहेकी अधिकारीले कर भन्नबित्तिकै धेरै हो कि भन्ने पनि बुझाइ पनि रहेको पाइएको बताइन् ।

Read More
  • MBL - below news