पुँजीगत खर्च ६ प्रतिशत मात्र, अधिकांश आयोजनामा वित्तिय प्रगति कमजोर


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
पुँजीगत खर्च ६ प्रतिशत मात्र, अधिकांश आयोजनामा वित्तिय प्रगति कमजोर

काठमाडौं- रक्षा मन्त्रालयले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासमा सम्पन्न गरेका काम कारबाही र उपलब्धि सार्वजनिक गरेको छ । मन्त्रालयले बजेट कार्यान्वयन, मन्त्रालय तथा अन्तर्गतका निकायहरुमार्फत भएको खर्चको विवरण तथा मन्त्रालयअन्तर्गतका निकायहरुबाट सञ्चालित विकास निर्माणका योजनाहरु कार्यान्वयनको अवस्था सार्वजनिक गरेको हो ।

मन्त्रालयकाअनुसार पुस मसान्तसम्ममा वार्षिक लक्ष्यको ४५.८२ प्रतिशत बजेट खर्च भएको छ । चालु आर्थिक वर्षको लागि सरकारले रक्षा मन्त्रालयको लागि ६२ अर्ब १ करोडभन्दा बढी बजेट विनियोजन गरेकोमा पुस मसान्तसम्म चालु खर्च ५० प्रतिशत र पुँजीगत खर्च जम्मा ७ प्रतिशत मात्र खर्च भएको हो ।

Read More
  • MBL - below news
  • EBL Ad news