२९ माघ, काठमाडौं । विद्युत् नियमन आयोगले जलाशययुक्त जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् खरिद-बिक्री प्रक्रिया व्यवस्थित बनाउन ‘जलाशययुक्त विद्युत् उत्पादन केन्द्रको विद्युत् खरिद-बिक्री सम्बन्धी निर्देशिका २०८२’ जारी गरेको छ ।
आयोगको २० माघमा बसेको २९९औं बैठकले निर्देशिका स्वीकृत गरेको हो ।
आयोग अध्यक्ष डा. रामप्रसाद धितालले ऊर्जा सुरक्षामा निजी क्षेत्र आकर्षित गर्ने उद्देश्यले निर्देशिका जारी गरिएको बताए ।








